Like us!
Follow us!
Connect us!
Watch us!

मन्दाकिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी र नाफामा सामान्य सुधार, अन्य सूचक कस्ता ?

अर्थ संसार

विहीबार, २९ माघ २०८२, ०७ : ४४ मा प्रकाशित

मन्दाकिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी र नाफामा सामान्य सुधार, अन्य सूचक कस्ता ?

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको नाफा र बिक्री आम्दानीमा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा र बिक्री आम्दानी सामान्य बढेको हो । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ७ करोड ३१ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ९६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ०.८९ प्रतिशत बढेर ३ करोड ६० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६.१३ प्रतिशत बढेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १३.४२ प्रतिशत घटेको छ भने कुल खर्च ९.२१ प्रतिशत घटेको छ।

नाफा सामान्य बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४५ पैसा घटेर ११ रुपैयाँ १४ पैसामा झरेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.४५ गुणा रहेको छ । ६४ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको