बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको वित्तीय विवरण अनुसार नोक्सानी सामान्य घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाक्सानी सामान्य घटेको हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ करोड ५९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७४ लाख ९१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । कम्पनीको सञ्चालन आम्दानी बढेको र खर्च घट्का कारण नोक्सानी घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३९.४८ प्रतिशत बढेको छ भने कुल आम्दानी ७८.४३ प्रतिशत बढेको छ ।
त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ८.१४ प्रतिशत र वित्तीय खर्च ३५.७६ प्रतिशत घटेको छ । दोस्रो त्रैमासिकको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५३ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४७ पैसा रहेको छ । २ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस