Like us!
Follow us!
Connect us!
Watch us!

आईसीसी टी–२० विश्वकप : पहिलो पावर प्लेमा नेपालको ४६ रन

अर्थ संसार

विहीबार, २९ माघ २०८२, १५ : ४४ मा प्रकाशित

आईसीसी टी–२० विश्वकप : पहिलो पावर प्लेमा नेपालको ४६ रन

आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले अहिले इटलीविरुद्ध खेलिरहेको छ । टस हारेर पहिले ब्याटिङगरेको नेपालले पहिलो पावर प्लेलमा १ विकेट गुमाएर ४६ रन बनाएको छ ।

सुरुवातमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेको छ । अहिले नेपालको आशिफ शेखले १९ रन बनाएर खेलिरहेका छन् भने कप्तान रोहित पौडेलले २२ रन बनाएर खेलिरहेका छन् । 

पहिलो खेलमा बलियो टोलि इंग्ल्यान्डसँग बहादुरीपूर्ण प्रदर्शन गरेको नेपाल आज निश्चित जितको लक्ष्य सहित मैदानमा उत्रेको छ । नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा आएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको