आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई सामान्य लक्ष्य दिएको छ । पहिले खेलमा निकै उत्कृष्ट खेल खेलेको नेपालले दोस्रो खेलमा भने निकै खराव प्रदर्शन गरेको हो । इटालीले जितका लागि १२४ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अलआउट हुँदै १२३ रन मात्रै बनायो । नेपालका लागि आरिफ शेखले सार्ववधिक २७ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले सर्वाधिक २३ रन बनाए । आशिफ शेखले २० रन बनाए । करण केसीले १८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए ।
बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस