Like us!
Follow us!
Connect us!
Watch us!

टी–२० विश्वकप : वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

अर्थ संसार

आइतबार, ०३ फागुन २०८२, ११ : ११ मा प्रकाशित

टी–२० विश्वकप : वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजका कप्तान शाइ होपले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । नेपाली टोलीले आजको खेलका लागि एक परिवर्तन गरेको छ । ललित राजवंशीको स्थानमा सोमपाल कामी नेपालको प्लेइङ ११ मा आएका छन् ।

समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ । नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ भने नेपाल एक खेल अगावै बाहिरिनेछ । नेपाललाई दुवै खेल जितेर पनि पुग्ने अवस्था भने छैन । अन्य नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको