Like us!
Follow us!
Connect us!
Watch us!

टी–२० विश्वकप : नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

अर्थ संसार

आइतबार, ०३ फागुन २०८२, १२ : २७ मा प्रकाशित

टी–२० विश्वकप : नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई जितका लागि १३४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीध ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको हो । 

निकै खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरि र सोमपाल कामीले सम्मानजनक अवस्थामा पुर्‍याएका हुन् । यी दुईले ७ औँ विकेटका लागि ५४ रनको साझेदारी गरे । नेपालका लागि ऐरिले सर्वाधिक ५८ रनको योगदान दिए भने सोमपालले पनि टोलिका लागि २६ रनको पारी खेले । अन्यले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । ७३ रनमा ७ विकेट गुमाएको अवस्थामा सोमपाल र दीपेन्द्रले नेपालको पारी सम्मालेका थिए । नेपालको लागि तेस्रो सर्वाधिक रन लोकेश बमले बनाए । उनले १३ रन बनाए । गुल्सन झा र आशिफ शेखले ११÷११ रन बनाए । 

वेस्ट इन्डिजका लागि जेसन होल्टरले ४ विकेट लिए । त्यस्तै रोष्टन चेस, शमर जोसेफ, अकिल होसेन र म्याथ्यू फोर्डले समान १–१ विकेट लिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको