Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेको प्रश्न बाटो बन्यो कि बनेन होइन, देश रहने वा नरहने भन्ने हो - लिङ्देन

अर्थ संसार

सोमबार, ०४ फागुन २०८२, १६ : ४३ मा प्रकाशित

अहिलेको प्रश्न बाटो बन्यो कि बनेन होइन, देश रहने वा नरहने भन्ने हो - लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले आफ्नो चुनावी अभियान सुरु गरेका छन् । उनले चुनावी अभियान सुरु गर्दै देश रहने कि नरहने अवस्था रहेकाले देश जोगाउन सबैले आफूलाई मत हाल्न आग्रह गरे । उनले बाटो बन्यो या बनेन ? पुल बन्यो या बनेन भन्ने प्रश्न भन्दा पनि देश रहन्छ कि रहँदैन भन्ने अवस्थामा पुगेको बताए ।

निर्वाचन कार्यक्रमको सुरुवात गर्दै लिङ्देनले भने,‘ बाटो बन्यो कि भन्ने कुरा ठुलो कुरा होइन । आज देश रहन्छ कि रहँदैन भन्ने अवस्थामा पुगेको छ । यस्तो बेला राष्ट्रिय प्रजातन्त्र पार्टी देशभक्तिको पक्षमा उभिएको छ । यसको नेतृत्व तपाइको आँगनको छोराले गरेको छ ।’ उनले विकास भयो कि भएन भन्ने कुराको गुनासो गरिँदा ८ बषको बिचमा के के भयो त्यसको साक्षी क्षेत्रबासी भएका बताए । उनले देश बचाउनका लागि आफूलाई मतदाता गर्न आग्रह गरे । उनले भने ‘देश रह्यो भने बाँकी विकास र समस्याको समाधान गरौंला देश बचाउनका लागि राप्रपाको मात्रै होइन मलाई काँग्रेस, एमाले, माओवादी सबैको भोट चल्छ ।’

उनले झापा ३ मा आफू बुबाका औंला समाउँदै आएको बताए । उनले भने, ‘यहाँ आएर म र मेरो परिवारले निगुरोका मुन्टा चिमोटेर र ठुटामा पलाएको च्याउ टिपेर छाक टारेको छ ।’ उनले झापा ३ का विभिन्न क्षेत्रको बाटो बनाउन, स्कुल बनाउन, खानेपानीको ट्याङ्की ठड्याउने विषयमा आफ्नो सहभागिता रहेको दाबी गरे । उनले यस क्षेत्रका दिदी–बहिनी, दाजुभाईका सुख दुःखमा सहभागी भएको दाबी गरे । उनले भने, ‘यस पटक फेरी म तपाँइहरुको हात माग्न आएको छु । तपाँइहरुको मद्दत र आर्सीवाद माग्न आएको छु ।’ उनले पार्टी भन्दा माथि उठेर मत दिन आग्रह समेत गरे । उनले कुनै बेला विद्यार्थी हुँदा कसैले ढुङ्गा हान्दा आफूले पनि ढुङ्गा हानेको बताए । कसैले दुई लात्ती हान्दा आफूले पनि हानेको स्वीकार गर्दै उनले भने,‘ मैले त्यो बेला जवाफ फर्काए हुँला तर राजनीतिक आडमा कसैलाई दुःख दिने नियत राखेको छैन ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको