काठमाडौं–एक महिना बितिसक्दा पनि नेपालीसँग रहेका प्रतिबन्धित ५ सय र हजारका भारु नोट सटहीमा देखिएको अन्योल अथावत छ। नेपालले बारम्बार ताकेता गर्दा पनि प्रतिबन्धित नोट साट्ने वा नसाट्ने विषयमा भारतले कुनै प्रतिक्रिया दिएको छैन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपटक र अर्थमन्त्री कृष्णबहादुर महरा र उनका भारतीय समकक्षीबीच पनि दुईपटक कुराकानी भइसकेको छ। तैपनि प्रतिबन्धित नोट साट्ने वा नसाट्ने विषयमा भारतले ठोस निर्णय दिइनसकेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए। नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले पनि प्रतिबन्धित नोट साट्ने विषयमा हरेक दिन भारतीय समकक्षीसँग कुराकानी गरिरहनुभएको छ, उनले भने, रिजर्भ बैंक अफ इन्डियाका गभर्नर ऊर्जित पटेलले ठोस निर्णय दिन सक्नु भएको छैन।ु पटेलले आफू एक्लै उक्त निर्णयमा पुग्न नसक्ने प्रतिक्रिया गभर्नर नेपाललाई गराएको जानकारी दिएको आजको नागरिक दैनिकले समाचार छापेको छ ।
नेपालमा रहेका प्रतिबन्धित भारु नोट सटही गर्ने विषयमा भारतसँग कूटनीतिक तरिकाबाट समेत बारम्बार भइरहेको छ। तैपनि त्यस्तो प्रयास सफल हुन सकेको छैन। नेपालको बैंकिङ प्रणालीमा प्रतिबन्धित ५ सय र हजार दरका ३ करोड ३६ लाख ९० हजार भारु नोट रहेको राष्ट्र बैंकको तथ्यांक छ। यसबाहेक सर्वसाधारण, व्यापारी लगायतसँग ठूलो परिमाणमा भारु नोट छन्। भारतले प्रतिबन्धित नोट साट्ने वा नसट्ने भन्नेबारे ठोस निर्णय दिन नसक्दा यहाँ अन्योल छाएको छ। भारु नोट नसाटिने हो कि भन्ने क्रस अझै कायम छ।
भारत सरकारले आफ्ना नागरिकलाई पुस १६ ९डिसेम्बर अन्तिम० सम्म प्रतिबन्धित भारु नोट साटिसक्न सार्वजनिक आह्वान गरेको छ। त्यसपछि ५०० र हजार दरका नोटको वैधानिक अस्तित्व समाप्त हुने जानकारी गराएको छ।
प्रतिबन्ध लगाएको एक महिना हुँदासम्म पनि नेपालमा रहेका उक्त दरका भारु नोट साट्ने वा नसाट्ने भन्नेमा भारतले केही प्रतिक्रिया नदिएको नेपाल राष्ट्र बैंकका सह प्रवक्ता राजेन्द्र पण्डितले बिहीबार नागरिकलाई बताए। भारतमा डिसेम्बर ९पुस १६० भित्र साट्न सार्वजनिक आह्वान गरेको छ, उनले भने, तर, नेपालमा रहेका नोटबारे केही प्रतिक्रिया दिएको छैन।
भारतमा डिसेम्बर अन्तिमसम्ममा बैंक वा हुलाकमा गएर यी नोट साट्नु पर्नेछ। डिसेम्बर अन्तिम अर्थात पुस १६ आउन २३ दिन बाँकी छ। उक्त दिनभित्र नेपालमा भएका प्रतिबन्धित नोट साटिएन भने ठूलो समस्या आउँछ, सहप्रवक्ता पण्डितले भने, उता ९भारत० मा समय सीमा सकिएपछि यता ९यता० नेपालमा रहेका भारु नोट साट्ने कुरा पनि भएन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत कात्तिक २४ गते बुधबार सम्बोधन गर्दै राति १२ बजेदेखि ५ सय र हजार दरका नोट नचल्ने घोषणा गरेका थिए। भ्रष्टाचार र कालो धनलाई निरुत्साहित गर्न यस्तो निर्णय भारत सरकारले गरेको थियो। नेपाल सरकारले पनि त्यसको भोलिपल्ट बिहीबारदेखि उक्त दरका नोट सटहीमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि नेपालमा रहेका प्रतिबन्धित नोट साट्न भारतसँग पहल गरेको थियो।
भारतमा ५ सय र हजार दरका भारतीय नोटमा प्रतिबन्ध लागेपछि नेपाल राष्ट्र बैंकले आफूसँग भएका ती दरका नोट साटिदिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) लाई पत्राचार गरेको थियो। तर, त्यसको प्रतिक्रिया अझै आएको छैन।
नेपालमा २५ हजार भारुसम्म नोट सटही गर्न पाउने व्यवस्था छ। यस्तो व्यवस्था भएकाले पनि सर्वसाधारणसँग ठूलो परिमाणमा उक्त नोट भएको अनुमान केन्द्रीय बैंकको छ। ठूला दरका नोट भारतमा लान र ल्याउन सहज भएकाले व्यवसायी तथा सर्वसाधारणले जोहो गरेर राखेको अनुमान उसले गरेको छ।
भारतले तत्कालै नेपालमा मौज्दात भारतीय नोट साटिदिइहाल्छ भन्ने निश्चित भइसकेको छैन,राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, आरबिआईले नोट नसाट्ने निर्णय गर्यो भने ती कागजको खोस्टोमा परिणत हुनेछन्।
भारतले चासो देखाएर नेपालमा रहेको नोट साट्न तत्पर भयो भने मात्र राष्ट्र बैंकले कानुनी रुपमा सर्वसाधारणसँग रहेका भारतीय मुद्रा थोरै मात्रामा साटिदिन सक्ने छ। करिब दुई वर्षअघिसम्म नेपालमा ५ सय र हजार दरका भारुमाथि प्रतिबन्ध थियो। भारत सरकारको अनुरोधमा नेपाल राष्ट्र बैंकले २०६७ चैतमा ५ सय र हजार दरका भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाएको थियो। यसले बारम्बार नेपाल–भारत आउजाउ गरिरहने दुवै देशका सर्वसाधारण, भारतीय पर्यटक र व्यवसायीलाई अप्ठेरो परेको गुनासोपछि राष्ट्र बैंकले २०७१ फागुन ११ गते २५ हजार भारुसम्म उक्त दरका नोट साट्न पाउनेगरी प्रतिबन्ध फुकुवा गरेको थियो।
भारतको नोटमा उसैको अधिकार हुन्छ, केन्द्रीय बैंकका ती अधिकारीले भने, नेपाल सरकार र राष्ट्र बैंकले पहलसम्म गर्न सक्छन्, तर उसले साटिदिएन भने त्यतिबेला केही गर्न सकिँदैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस