Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

अर्थ संसार

मंगलबार, ०५ फागुन २०८२, १७ : ०३ मा प्रकाशित

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रसाईं सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । भक्तपुरबाट पक्राउ गरी प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । प्रसाईंले निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोप छ ।

उनले २१ फागुनमा कुनै हालतमा निर्वाचन नहुने भन्दै सार्वजनिक रुपमा बोल्दै हिँडेका थिए । यसअघि वीरगञ्ज जान लागेका बेला प्रसाईंलाई चाल्नाखेलबाट प्रहरीले पक्राउ गरेको थियो । त्यो भन्दा अघि पनि उनी पोखराबाट पक्राउ परेका थिए । निर्वाचनको मिति तोकिएयता मात्रै प्रसाईं तीन पटक पक्राउ परेका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको