Like us!
Follow us!
Connect us!
Watch us!

पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई ट्राफिक प्रहरीले समात्यो

अर्थ संसार

मंगलबार, ०५ फागुन २०८२, १७ : ०५ मा प्रकाशित

पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई ट्राफिक प्रहरीले समात्यो

सार्वजनिक स्थलमा वृद्धमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । सडकमा हिँडिरहेका वृद्धलाई कुटपिट गर्ने कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कार चालक पारस बम रहेका छन् । बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका वृद्धलाई कारबाट ओर्लेर झापड हानेका थिए। वृद्धमाथि दुव्र्यवहार गरेको भिडिओ भाइरल भएपछि प्रहरीले छानविन अघि बढाएकाे थियाे ।

साेही क्रममा बालुवाटारबाट कार चालक बमलाई नियन्त्रणमा लिएकाे ट्राफिक प्रहरीले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको