Like us!
Follow us!
Connect us!
Watch us!

आधुनिक कृषि प्रणालीमार्फत उत्पादन र आम्दानी बढाइन्छ - कृषि मन्त्री परियार

अर्थ संसार

बुधबार, ०६ फागुन २०८२, ०८ : ०२ मा प्रकाशित

आधुनिक कृषि प्रणालीमार्फत उत्पादन र आम्दानी बढाइन्छ - कृषि मन्त्री परियार

कृषि तथा पशुपक्षी विकासमन्त्री डा मदन परियारले सरकारले आधुनिक कृषि प्रणालीमार्फत किसानको उत्पादन र आम्दानी बढाउने लक्ष्य लिएको बताएका छन् । मन्त्रालयको अर्ध वार्षिक समीक्षा कार्यक्रममा उनले मुलुकको आर्थिक समृद्धिका लागि कृषि तथा पशुपक्षी क्षेत्रलाई आत्मनिर्भर बनाउन सरकारले सेवा केन्द्र विस्तार तथा सुदृढीकरणमा जोड दिइरहेको बताएका हुन् । 

मन्त्रालयले चालु आवको अर्धवार्षिक अवधिमा हालसम्म ५५ प्रतिशत चालु तथा १२ प्रतिशत पुँजीगत खर्च गरेको उल्लेख गर्दै मन्त्री परियारले कार्यक्रम अनुसार प्राप्त बजेट कार्यान्वयन गर्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । कृषि उद्यमशीलताका लागि प्रविधि तथा जलवायु स्मार्ट खेतीको अवधारणा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले मन्त्रालयले प्रभावकारी स्रोत परिचालन तथा लगानी बढाउन बलियो अन्तर एजेन्सी सहकार्य र साझेदारीको महत्त्व रहेको उल्लेख गरे । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको