Like us!
Follow us!
Connect us!
Watch us!

व्यापार घाटाले जापानको आर्थिक वृद्धिमा दबाब

अर्थ संसार

बुधबार, ०६ फागुन २०८२, १६ : २९ मा प्रकाशित

व्यापार घाटाले जापानको आर्थिक वृद्धिमा दबाब

जापानले यस वर्षको जनवरी महिनामा १.१५ खर्ब येन (करिब ७.५ अर्ब अमेरिकी डलर) बराबरको व्यापार घाटा दर्ता गरेको छ । यो पछिल्ला तीन महिनामध्ये पहिलो व्यापार घाटा हो । बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्क अनुसार निर्यातमा उल्लेखनीय वृद्धि भए पनि आयातको कुल परिमाण उच्च रहेकाले समग्र व्यापार सन्तुलन घाटामा गएको हो । जापानको वित्त मन्त्रालयको प्रारम्भिक प्रतिवेदनअनुसार जनवरीमा निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.८ प्रतिशतले वृद्धि भई ९.१९ खर्ब येन पुगेको छ ।

यसअघि महिनामा निर्यात ५.१ प्रतिशतले बढेको थियो, जसको तुलनामा जनवरीको वृद्धि उल्लेखनीय रूपमा उच्च देखिएको छ । निर्यातमा भएको यो विस्तारले बाह्य बजारमा जापानी वस्तुहरूको माग सुदृढ रहेको सङ्केत गर्छ । यता, आयात भने वार्षिक आधारमा २.५ प्रतिशतले घटेर १०.३४ खर्ब येनमा झरेको छ । अघिल्लो महिनामा आयात ५.३ प्रतिशतले बढेको थियो । आयात घटे पनि यसको कुल आकार निर्यातभन्दा ठूलो रहेकाले व्यापार घाटा कायम भएको हो। ऊर्जा, कच्चा पदार्थ तथा उपभोग्य वस्तुहरूको आयात संरचनाले पनि व्यापार सन्तुलनमा प्रभाव पारेको जनाइएको छ ।

अर्थविश्लेषकहरूका अनुसार निर्यात वृद्धिले अर्थतन्त्रलाई केही हदसम्म टेवा दिए पनि विश्वव्यापी आर्थिक अवस्था, विनिमय दरको उतारचढाव तथा घरेलु मागको स्थितिले आगामी महिनाहरूमा व्यापार सन्तुलनमा थप प्रभाव पार्न सक्ने देखिन्छ । सरकारको आगामी आर्थिक नीतिले निर्यात प्रवद्र्धन र आयात व्यवस्थापनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा पनि चासो व्यक्त गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको