टोखाबाट दिउँसै ८१ लाखको सुनका गरगहना चोरी भएको छ। प्रहरीका अनुसार टोखा नगरपालिका-३ साईबाबा चोकस्थित मेलमिलाप टोल बस्ने ५० वर्षीय उर्जेन लामाको घरबाट करिब ८१ लाख रूपैयाँ बराबरका सुनका गरगहना चोरी भएको छ।
बुधबार दिउँसै गहना चोरी भएको भनेर प्रहरीमा उजुरी परेको प्रहरीले जनाएको छ। प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
गएको माघर तेस्रो साता पनि काठमाडौँको नागार्जुन नगरपालिकाको एक घरबाट एक करोड रुपैयाँ भन्दा बढीको सुनका गहना चोरी भएको थियो। दिउँसै घर फोडेर गहना चोरीमा संलग्न बबाँके घर भएका ३८ वर्षीय प्रेम चौधरीलाई दुई दिनपछि प्रहरीले गोली हानेर पक्राउ गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस