आफ्नो रजिस्टर्ड प्यारेन्ट कम्पनी ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. अन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीलाई नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा प्रतिष्ठित “अति उत्तम” फुड बिजनेस स्ट्यान्डर्डाइजेसन सर्टिफिकेट प्रदान गरिएको छ। हालै प्रदान गरिएको “अति उत्तम” रेटिंग नेपालमा खाद्य तथा हस्पिटालिटी व्यवसायलाई दिइने सबैभन्दा उच्चकोटीको प्रमाणिकरण हो।
यसले होटलले सरकारी खाद्य सुरक्षा मापदण्डहरूको कडाइका साथ पालना गर्दै उच्चस्तरीय भोजन तथा खाजाका परिकार प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गर्दछ। विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा जारी गरिएको यो विशिष्ट प्रमाणपत्रले होटलको उच्च खाद्य गुणस्तर, उत्कृष्ट सरसफाइ तथा पाहुनाको सुरक्षाप्रति देखाएको दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। हालै सञ्चालनमा आएको यस होटलका सञ्चालक श्री देशबन्धु बस्नेत र महाप्रबन्धक श्री अभिमन्यु कायस्थसहित समर्पित व्यवस्थापन टोलीको नेतृत्वमा रमाडा बाइ विन्धाम इटहरीले छोटो अवधिमै यस क्षेत्रको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ सकारात्मक सुरुवात गरेको छ।
महाप्रबन्धक अभिमन्यु कायस्थले भने, “खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट ‘अति उत्तम’ स्ट्यान्डर्डाइजेसन प्राप्त गर्नु हाम्रो लागि ठूलो सम्मानको कुरा हो। यस उपलब्धिले हाम्रो टोलीको निरन्तर मेहनत र पाहुनालाई उत्कृष्ट सुविधा मात्र होइन, सुरक्षित र उच्च गुणस्तरीय भोजन अनुभव प्रदान गर्ने हाम्रो मूल मन्त्रलाई प्रमाणित गरेको छ।” रमाडा बाइ विन्धाम इटहरी हाम्रा अतिथिहरूलाई उत्कृष्ट आवासको सुविधा, आधुनिक पूर्वाधार तथा अब आधिकारिक रूपमा मान्यता प्राप्त उच्चस्तरीय भोजन सेवाको समेत अनुभव लिन हार्दिक आमन्त्रण गर्दछ।
रमाडा बाइ विन्धाम इटहरीको बारेमा
इटहरीको मुटुमा अवस्थित रमाडा बाइ विन्धाम इटहरी एक प्रमुख हस्पिटालिटी गन्तव्य हो। लक्जरी, उत्कृष्ट सेवा र समुदाय विकासप्रति प्रतिबद्ध यस होटलले व्यवसायिक तथा मनोरञ्जन दुवै प्रयोजनका यात्रुहरूका लागि उच्चस्तरीय आवास, भोजन तथा कार्यक्रम स्थलका सुविधाहरू उपलब्ध गराउँदै आएको छ। ८१ वटा आकर्षक रूपमा सजिएका कोठा तथा सुइटहरू सहित, यस होटलले व्यवसायिक तथा अवकाश यात्रु दुवैको आवश्यकतालाई पूरा गर्दै, अन्तर्राष्ट्रिय आतिथ्य मापदण्ड र न्यानो नेपाली सेवाको सुन्दर समन्वय प्रस्तुत गर्दछ।होटलमा नुआ (NUA), सूत्र लाउन्ज (Sutra Lounge), आरिया (Aria) र सुक्र बार (Sukra Bar) गरी चारवटा फरक–फरकविशिष्ट रेस्टुरेन्ट छन्, जहाँ उत्कृष्ट स्वादको अनुभव लिन सकिन्छ।
साथै, भव्य ब्यान्क्वेट हलहरू, खुला हरियाली प्रांगण, स्विमिङ पुल, र आधुनिक फिटनेस सेन्टरजस्ता प्रिमियम जीवनशैली सुविधाहरूले यहाँको बसाइलाई अझ स्मरणीय बनाउँछन्।आर्थिक र पर्यटन गतिविधिले भरिएको क्षेत्रमा रहेको रमाडा बाइ विन्धाम इटहरी, पूर्वी नेपालमा बसाइ, कार्यक्रम र विशेष अनुभवका लागि एक उत्कृष्ट गन्तव्य हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस