Like us!
Follow us!
Connect us!
Watch us!

प्रमोद खरेलको ‘याद’ मा सुवासको जीवन्त अभिनय

अर्थ संसार

शुक्रबार, ०८ फागुन २०८२, २१ : १० मा प्रकाशित

प्रमोद खरेलको ‘याद’ मा सुवासको जीवन्त अभिनय

गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘याद’ सार्वजनिक भएको छ। गीतकार रिमा श्रेष्ठले रचना गरेको यो गीतमा सम्झना‚ माया र भावनाको गहिरो स्पर्श महसुस गर्न सकिन्छ। गीतको म्युजिक भिडियो रिमा श्रेष्ठको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हाे। 

रवीन्द्र पौड्याल रिभेरीले गीतमा संगीत भरेका छन्। संगीत संयोजन तथा एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन्। भिडियोमा उत्कृष्ट कलाकारको अभिनयले दर्शकलाई बाँधिराख्छ। भिडियोमा प्रमुख भूमिकामा डा. सुवासप्रसाद आचार्य‚ रवीन्द्र पौड्याल रिभेरी र कृतिका बस्नेतले अभिनय गरेका छन्। म्युजिक भिडियोको निर्देशन सोनम पाख्रिनले गरेका हुन्।

भिडियोमा कलाकारको जीवन्त अभिनयले दृश्यहरूलाई कलात्मक र भावुक बनाएको छ। दिनेश पराजुलीले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन भने विकास दाहालले गरेका हुन्। यसैगरी मेकअप तथा हेयरस्टाइलिङ पुनम चौधरीको छ भने प्रोजेक्ट म्यानेजमेन्ट दिपेन गौतम माइकलको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको