Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीका दुई दावेदारलाई विश्वप्रकाशको खुला प्रश्न – गगनलाई बहसका लागि दमक कहिले पठाऊँ ?

अर्थ संसार

सोमबार, ११ फागुन २०८२, १३ : ३४ मा प्रकाशित

प्रधानमन्त्रीका दुई दावेदारलाई विश्वप्रकाशको खुला प्रश्न – गगनलाई बहसका लागि दमक कहिले पठाऊँ ?

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदका प्रस्तावित उम्मेदवारहरूबीच खुला बहस गर्न चुनौती दिएका छन्। उपसभापति शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह सँग बहस गर्न कांग्रेस सभापति गगन थापा लाई दमक पठाउन आफूहरू तयार रहेको बताएका हुन्।  नेपाल प्रेस युनियन झापाले धुलाबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले प्रधानमन्त्रीका दावेदार दुई नेता झापामै रहेकाले प्रत्यक्ष बहस पनि त्यहीँ गर्न सकिने बताए। उनले कांग्रेस उम्मेदवारलाई जुनसुकै दिन र समय बहसका लागि पठाउन आफू तयार रहेको स्पष्ट पारे।

विश्वप्रकाशले भनेका छन्,‘प्रधानमन्त्रीमा प्रस्तावित उहाँहरू दुईजना नेतालाई सल्लाह गर्न म आग्रह गर्छु । तपाईँहरू त दमकमै हुनुहुन्छ। नेपाली कांग्रेसको उम्मेदवार गगन थापालाई कहिले पठाऊँ दमक ? म उहाँहरूको समय जतिखेर मिल्छ, त्यही समयमा म पार्टीको परिचालन समितिको संयोजक हुँ, मिडियाका साथीहरूले लेख्दिनुस्, विश्वप्रकाशले एलान गरेर भन्यो- प्रधानमन्त्री पदका दुईटा उम्मेदवारले जुन दिन, जुन समय भन्नुहुन्छ, त्यही समयमा सारा झापाली मिडिया राखेर, राष्ट्रिय मिडिया राखेर लाइभ गरेर छलफल गरौँ।’ 

उनले निर्वाचनलाई उत्तेजना, आवेग र घृणाको मैदान बनाउन नहुने धारणा पनि राखे। मतदाताले पनि रिस र झोकमा होइन, सोचविचार गरेर मत व्यक्त गर्नुपर्ने उनको भनाइ थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको