नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताले स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गर्न पाउनु पर्ने आवश्यकता रहेको बताएका छन्। उनले झापा–५ मा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
साथै, उनले कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा गर्ने कल्पना कसैले पनि नगर्न आग्रह गरे ।
‘चुनाव निष्पक्ष वातावरणमा मतदाताले स्वतन्त्र ढंगले मत खसाउन पाउनुपर्छ । मतदान केन्द्रमा पुग्न पाउनुपर्छ । स्वतन्त्र ढंगले भोट खसाउन पाउनुपर्छ । यस कुरामा नेकपा एमाले अठिडग रहँदै आएको छ । कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरे हुन्छ । बुथ कब्जा गर्ने कसैले छुट पाउने छैन । कसैले सक्नेवाला पनि छैन,’ ओलीले भने।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस