Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य सुधार, कारोबार ५ अर्बमा सिमित

अर्थ संसार

सोमबार, ११ फागुन २०८२, १५ : ०५ मा प्रकाशित

सेयर बजारमा सामान्य सुधार, कारोबार ५ अर्बमा सिमित

साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार सेयर बजार बढेर कारोबार भएको छ । अघिल्लो दिन घटेको नेप्से परिसूचक आज २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १४० कम्पनीको सेयर मूल्य घटेको छ भने ११३ कम्पनीको बढेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.६५ अंकले बढेर ४५१.०५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको मूल्य घटेको छ भने ६ वटाको बढेको छ । 

परिसूचक बढेको भए पनि कारोबार रकम भने घटेको छ । आज सेयर बजारमा ३२९ कम्पनीका १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर ५६ हजार ३४७ पटक खरिद बिक्री हुँदा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको