Like us!
Follow us!
Connect us!
Watch us!

तेलको मूल्य युद्ध सुरु हुनुभन्दा पनि तल झर्‍यो, ट्रम्पको युद्धविराम घोषणापछि विश्व सेयरबजार उत्साहित

अर्थ संसार

मंगलबार, १० असार २०८२, ०६ : १९ मा प्रकाशित

तेलको मूल्य युद्ध सुरु हुनुभन्दा पनि तल झर्‍यो, ट्रम्पको युद्धविराम घोषणापछि विश्व सेयरबजार उत्साहित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लागेको छ।

ब्रेन्ट क्रुड को मूल्य आज थप ४ प्रतिशत घट्दै प्रति ब्यारेल ६८ अमेरिकी डलर आसपासमा आइपुगेको छ। सोमबारको कारोबारमा नै यसमा ७ प्रतिशतको गिरावट देखिएको थियो।

हालको मूल्य १२ जुन अर्थात् इजरायलले पहिलोपटक इरानमाथि आक्रमण सुरु गरेको दिनको मूल्यभन्दा पनि कम हो। यस गिरावटलाई मध्यपूर्वमा तनाव कम हुने संकेतको रूपमा लिइएको छ।

तेलको मूल्यमा आएको गिरावटसँगै एशियाली स्टक बजारमा समेत सकारात्मक प्रभाव परेको छ। जापान, दक्षिण कोरिया र अष्ट्रेलियाका मुख्य सूचकांकहरूमा हरियाली देखिएको छ। यी बजारहरू ट्रम्पको युद्धविराम घोषणालाई शान्तिको आशाको संकेतका रूपमा लिँदै उत्साहित देखिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको