रसियाली राष्ट्रपतिका विशेष प्रतिनिधि तथा रसियाली प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले मध्यपूर्वमा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघ्ने निश्चित भएको बताएका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मा उनले एसियामा डेलिभरी हुने अधिकांश तेलको मूल्य ९० डलर पार गरिसकेको र ‘मुरबान क्रुड’ को मूल्य ९६ डलर पुगेको जानकारी दिएका छन्।
उनका अनुसार अन्तर्राष्ट्रिय पत्रिका ‘द इकोनोमिस्ट’ ले पनि तेलको मूल्य १०० डलर पुग्ने आकलन गर्न थालेको छ।
फेब्रुअरी २८ देखि संयुक्त राज्य अमेरिका र इजरायल ले इरान माथि गरेको सैन्य आक्रमणपछि ऊर्जा बजारमा उथलपुथल आएको हो। तेहरानसहितका सहरमा भएको आक्रमणपछि इरानले पनि इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूमा जवाफी आक्रमण गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस