Like us!
Follow us!
Connect us!
Watch us!

रियल म्याड्रिडको उपाधि यात्रामा गम्भिर धक्का, घरमै गेटाफेसँग पराजित

अर्थ संसार

बुधबार, २० फागुन २०८२, ०७ : २७ मा प्रकाशित

रियल म्याड्रिडको उपाधि यात्रामा गम्भिर धक्का, घरमै गेटाफेसँग पराजित

रियल म्याड्रिडले ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी घटाउने मौका गुमाएको छ । गए राति भएको खेलमा पराजित भएसँगै उसको उपाधि यात्रामा समेत धक्का लागेको हो ।

आफ्नै घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा गेटाफेले रियललाई १–० को हार चखाएको हो । उसका लागि ३९ औं मिनेटमा मार्टिन सात्रियानोले गरेको गोल खेलको निर्णायक बन्यो । ला लिगमा रियलको यो लगातार दोस्रो हार हो । २६ खेलपछि रियल बार्सिलोनाभन्दा ४ अंकले पछाडि छ ।

रियल यो खेलमा पनि किलियन एमबाप्पे बिना मैदान उत्रिएको थियो । उनी घुँडाको चोटका कारण मैदान बाहिर छन् । साथै जुड बेलिङ्घम पनि चोटका कारण खेल्न सकेनन् । रियलले खेलभरि आक्रमण गरे पनि गेटाफेका गोलरक्षक डेभिड सोरियाले उत्कृष्ट बचाउ गरे । भिनिसियस जुनियर ले राम्रो मौका पाए पनि गोल गर्न सकेनन् ।

इन्जुरी समयमा रियलका फ्रान्को मास्तान्तुओनोले रेफ्रीसँग विवाद गरेपछि रातो कार्ड पाए । गेटाफेका आद्रियन लिसो पनि दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । रियलले अब शुक्रबार सेल्टाभिगो सँग खेल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको