Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, ०६ : ४९ मा प्रकाशित

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ११ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९३ पैसा तोकिएको छ । 

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३३ पैसा र बिक्रीदर २१ रुपैयाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३४  पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४ रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ६ पैसा र बिक्रीदर ४० रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५ पैसा र बिक्रीदर १० रुपैयाँ ९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ ७ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ ०३ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपैयाँ ६ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३८२ रुपैयाँ २१ पैसा र विक्रिदर ३८३ रुपैयाँ ७७  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको