Like us!
Follow us!
Connect us!
Watch us!

सुर्खेत पुगेर पूर्णबहादुर खड्काले गरे मतदान

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, १२ : ०० मा प्रकाशित

सुर्खेत पुगेर पूर्णबहादुर खड्काले गरे मतदान

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन्। उनले बिहीबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने सूर्यज्योति माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मत खसालेका हुन्।

कांग्रेसको विशेष महाधिवेशनपछि निस्क्रिय जस्तै बनेका खड्काले सुरुमा सुर्खेत–१ बाट पुनः चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए। तर निर्वाचन आयोगले गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिलाई वैधानिकता दिएपछि उनले चुनाव नलड्ने घोषणा गरेका थिए।

त्यसपछि खड्का कांग्रेसको औपचारिक चुनावी प्रचारप्रसारमा सक्रिय देखिएका थिएनन्। यद्यपि, सामाजिक सञ्जालमार्फत भने उनले कांग्रेसका पक्षमा मत माग्दै आएका थिए। यता कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा भने उपचारका लागि सिंगापुरमा रहेका कारण यस पटकको मतदानमा सहभागी हुने छैनन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको