Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप क्रिकेट : दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र भारत भिड्दै

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, १२ : ४१ मा प्रकाशित

विश्वकप क्रिकेट : दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र भारत भिड्दै

आईसीसी टी–२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक भारतले इंग्ल्यान्डको सामना गर्दै छ । यी दुई टोलीबीचको सेमिफाइनल खेल नेपाली समयम अनुसार बेलुका सवा ७ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ ।

इंग्ल्यान्ड सुपर ८ को समूह २ बाट विजेताका रूपमा तथा भारत समूह १ को उपविजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन् । समूह चरणमा अपराजित रहेको भारतले सुपर ८ मा एक हार बेहोरेको थियो भने इंग्ल्यान्डले समूह चरणमा एक हार बेहोर्दा सुपर ८ मा तीनवटै खेल जितेको थियो ।

इंग्ल्यान्ड र भारत दुवै २–२ पटकको टी–२० विश्वकप क्रिकेटको उपाधि जितिसकेका छन् । यस्तै यी दुई टोली लगातार तेस्रोपटक सेमिफाइनलमा खेल्न लागेका हुन् । यसअघि सन् २०२२ र २०२४ को संस्करणमा पनि यी दुई टोली सेमिफाइनलमा भिडेका थिए ।

सन् २०२२ को सेमिफाइनलमा इंग्ल्यान्डले भारतमाथि १० विकेटको प्रभावशाली जित हासिल गरेको थियो भने २०२४ को सेमिफाइनलमा भारतले शानदार जित हासिल गरेको थियो । यो सेमिफाइनलको विजेता टोली आफ्नो तेस्रो ऐतिहासिक उपाधि जित्ने मार्गमा अघि बढ्नेछन् । फाइनलमा उपाधिविहीन टोली न्युजिल्यान्डसँग भेट हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको