एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १ हजार ५ सय ९० मतसहित अग्रता लिएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार ४०, नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले ७ सय ३४ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले १ सय ४४ मत प्राप्त गरेका छन् ।
धनकुटामा हालसम्म साँगुरीगढी गाउँपालिकाको वडा नं. १ देखि ५ सम्मको मतगणना सम्पन्न भएको छ। जहाँ ४ हजार ६० मत गणना हुँदा ३ हजार ७ सय २२ मत सदर र ३ सय ३८ मत बदर भएको छ । धनकुटामा एक लाख १८ हजार ४ सय २५ मतदाता कायम रहेकामा ६४ हजार ४ सय २५ मत खसेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस