म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाका ४ वडासम्मको मतगणना गर्दा पुनले ३ हजार ७ सय ४० मत पाएर फराकिलो अग्रता लिएका छन् ।
एमालेका हरिकृष्ण श्रेष्ठले १ हजार ५ सय २८ मतले पछ्याएका छन् । नेकपाका अर्जुन थापाले १ हजार ३ सय २० र कांग्रेसका कर्णबहादुर भण्डारीले १ हजार २ सय ८७ मत पाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस