धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झा जित नजिक पुगेका छन्।
पछिल्लो मतपरिणाम अनुसार झाले २१,५७४ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधिले ७,३९९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार जुली महतोले ३,८८४ मत ल्याएकी छन्।
हालसम्मको मतगणना अनुसार झाले प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा ठूलो अन्तरले अग्रता बनाइरहेका छन्। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन अझै बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस