प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा उनले १० हजार २४० मत प्राप्त गरी विजयी भएका छन् ।
सो निर्वाचन क्षेत्रमा खसेको १९ हजार १८८ मत गणना गर्दा संयोजक दाहालले आफ्ना निकटतम प्रतिद्वन्दीलाई ६ हजार ७७८ मतले पछि पारे । निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार लीलामणि गौतमले ३ हजार ४६२ मत र नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । रुकुम पूर्वमा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १८८ मत खसेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस