Like us!
Follow us!
Connect us!
Watch us!

सप्तरी-२ : रास्वपा उम्मेदवार यादव अग्रस्थानमा, सीके राउत दोब्बर मतले पछि

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, २० : ४४ मा प्रकाशित

सप्तरी-२ : रास्वपा उम्मेदवार यादव अग्रस्थानमा, सीके राउत दोब्बर मतले पछि

सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामजी यादव अग्रस्थानमा देखिएका छन्। जारी मतगणनाअनुसार उनले १,६९८ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले ९२२ मत पाएका छन् भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उमेश कुमार यादवले ७७४ मत प्राप्त गरेका छन्।

हालसम्मको परिणाम अनुसार रास्वपाका रामजी यादव जनमत पार्टीका अध्यक्ष सीके राउतभन्दा करिब दोब्बर मतले अघि देखिएका छन्। मतगणना प्रक्रिया भने अझै जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको