Like us!
Follow us!
Connect us!
Watch us!

बझाङमा एमालेका ऐन महरको सुरुवाती अग्रता, कांग्रेसका सहमहामन्त्री रसाइली पछ्याउँदै

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, २० : ५० मा प्रकाशित

बझाङमा एमालेका ऐन महरको सुरुवाती अग्रता, कांग्रेसका सहमहामन्त्री रसाइली पछ्याउँदै

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङमा जारी मतगणनाको प्रारम्भिक परिणाममा नेकपा (एमाले) का उम्मेदवार ऐन महरले अग्रता लिएका छन्। हालसम्म गणना भएको मतअनुसार महरले २ हजार १०२ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १ हजार ९४५ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शैलेन्द्र कुमार सिंहले १ हजार २१५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मीनबहादुर कुँवरले ८४१ मत पाएका छन्। बुंगल नगरपालिका वडा नम्बर १, ४, ६ र ९ तथा जयपृथ्वी नगरपालिका वडा नम्बर १, ७ र ८ को मतगणना सकिँदासम्म नेपाली कांग्रेसका उम्मेदवारभन्दा एमाले उम्मेदवार महर १५७ मतले अगाडि रहेका छन्। अघिल्लो निर्वाचनमा गठबन्धनसँग झिनो मतान्तरले पराजित भएका एमाले उम्मेदवार महरले यसपटक भने सुरुवातमै अग्रता बनाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको