Like us!
Follow us!
Connect us!
Watch us!

गगन थापा झन् झन् पछि, मतान्तर अझ फराकिलो बनाउँदै अमरेश

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, ०७ : १६ मा प्रकाशित

गगन थापा झन् झन् पछि, मतान्तर अझ फराकिलो बनाउँदै अमरेश

गगन थापा झन् झन् पछि, मतान्तर अझ फराकिलो बनाउँदै अमरेशप्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर झन् झन् बढाउँदै लगेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रास्वपाका सिंहले ९ हजार ३७ मत पाएका छन्। उनी सुरुदेखि नै अगाडि छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेसम्म पाँच हजार आठसय २८ मत पाएका छन्। थापा सुरुवातदेखि नै सिंहसँग पछाडि परेका छन्। यस्तै, नेकपा (एमाले)का अमनिशकुमार यादवले १ हजार ४२२ मत पाएका छन् भने कम्युनिस्ट पार्टी (नेकपा)का रजनिश रायले ४६१ मत पाएका छन्। सीके राउत नेतृत्वको जनमत पार्टीका राकेशकुमार मिश्रले ५११ मत पाएका छन्।

सर्लाही ४ को मतगणना गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा जारी छ। सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको