काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित हुने भएका छन् । ९ वटा क्षेत्रको नतिजा आइसकेको छ भने काठमाडौं २ मा रास्वपा उम्मेदवार सुनिल केसी निर्वाचित हुने निश्चितजस्तै छ ।
काठमाडौं १ मा रञ्जु न्यौपाने(दर्शना) निर्वाचित भएकी छन् । काठमाडौं २ मा सुनिल केसीले निकटतम प्रतिस्पर्धी कांग्रेसका कविर शर्मालाई १९ हजार मतले पछि पारेका छन् । काठमाडौं ३ मा राजुनाथ पाण्ड, काठमाडौं ४ मा पुकार बम निर्वाचित भइसकेका छन्। काठमाडौं ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल निर्वाचित भएका छन् । काठमाडौं ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौं ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदिप विष्ट निर्वाचित भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस