Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा निर्वाचित

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, ०७ : ५० मा प्रकाशित

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा निर्वाचित

प्रतिनिधि सभाको निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, कांग्रेसका सुब्बा ११ हजार ५६१ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का भानुभक्त ढकालले १० हजार ६८२ मत पाएका छन्। 

तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाएका छन्। त्यस्तै, श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २ सय र नेकपाका रनध्वज लिम्बूले ९१९ मत पाएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको