अर्थ संसार, काठमाडौं– ललितपुर उद्योग वाणिज्य संघ ललितपुरले आफ्नो स्वर्ण जयन्तीको अवसरमा ‘अन्तर्राष्ट्रिय ललित व्यापार मेला २०७४’ गर्ने भएको छ ।
यही फागुन ३० गतेदेखि चैत्र ३ गतेसम्म चल्ने उक्त मेलाको अयोजनामा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका एवं महालक्ष्मी नगरपालिकाको साथै नेपाल सरकार व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको प्रर्वद्धन तथा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल हस्तकला महासंघको सहयोगमा गर्न लागिएको हो ।
उक्त मेलाको समुद्घाटन प्रदेश नं ३ का मुख्य मन्त्री माननीय श्री डोरमणी पौडेलले गर्ने आयोजकले जनाएको छ ।
नेपालसहित विभिन्न देशका औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाइएको यस मेलामा स्वदेशी तथा विदेशी गरी कृषि, हस्तकला, विज्ञान प्रविधि तथा अन्य औद्योगिक उत्पादनका ९० वटा प्रदर्शनी स्टल रहने छन् ।
स्टलहरुमा सजावटका सामान, पर्यटन सम्बन्धी विभिन्न सामग्री, आयुर्वेद, सौन्दर्यका सामग्रीहरु एवं स्वदेशी कपडा जन्य उत्पादनहरु समेत रहने छन् ।
यस मेलाको आयोजनाले स्थानिय साना तथा मझौला उद्यमीहरुलाई नयाँ बस्तु एवं सेवाको उत्पादनलाई प्रोत्साहि गर्ने, साथै आफ्ना उत्पादनहरुलाई स्थानिय एवं अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण एवं प्रवद्र्धन गर्न सहयोग गर्ने उद्देश्य संघले लिएको छ ।
त्यसैगरी क्रेता विक्रेताबीच व्यवसायिक सम्पर्क विस्तार गर्ने, स्थानिय उत्पादन तथा बस्तुको प्रचार प्रसार गर्ने, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय व्यवसायीहरुबीच प्रविधी आदान प्रदानको अवसर दिने, द्धिपक्षीय व्यापार विस्तार, लगानी प्रवद्र्धनका लागि प्रभावकारी वातावरण बनाउने मेलाको लक्ष्य रहेको छ ।
यस मेलामा सहभागी हुने उद्यमी व्यवसायीहरुले आफूले उत्पादन गरेका सामग्रीहरु क्रेतासंग अन्र्तक्रिया र प्रत्यक्ष सम्पर्क मार्फत सम्बन्ध बढाउनुका साथै बजारका रुचि, प्रतिक्रिया बुझ्ने अवसर प्राप्त हुने छ ।
मेलाबाट साना तथा मझौला उद्यमीहरुको व्यावसायिक सम्बन्ध बढाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गराउने छ । मेलामा साढे २ लाख स्वदेशी र विदेशीको सहभागी रहने अनुमान गरेका छौं । मेला अवधिभर करिब ४ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेका छौं ।
मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम तथा गीत संगीत प्रस्तुत गर्ने, आ आफ्नो उत्पादित वस्तुको ब्राण्डिङ्ग गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने पनि जानकारी गराउन चाहन्छौं ।
मेलाको दौरान चैत्र २ गते ललितपुर जिल्लाका ८९ वर्ष पुगेका अर्थात देवरथारोहण गरि सकेका करिब १ सय जना भन्दा बढि ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
मुलुकको अबको गन्तव्य भनेको आर्थिक समृद्धि र विकास नै हो । विकास र समृद्धिको आधार भनेको मुलुकमा उद्योगधन्दा बढ्नु, स्वदेशी बस्तुको निर्यात बढ्नु नै हो । राष्ट्रले लिएको मुख्य लक्ष्यलाई पुरा गर्ने दिशातर्फ अघि बढ्न यस मेला सबैको लागि उर्जा बन्ने आयोजकले विश्वास रहेको छ ।
व्यापार असन्तुलन घटाउने र वैदेशिक लगानीका निम्ति आकर्षक एवं उपयुक्त वातावरण बनाउने तर्फ यस मेलाले ठोस योगदान पु¥याउने विश्वास व्यक्त गर्न चाहन्छौं ।
मेलाले देश विदेशका पर्यटकहरुलाई लगानीको प्रतिफल दिने आकर्षक गन्तव्यका रुपमा नेपाल स्थापित भएको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह हुनेमा आयोजक विश्वस्त छौं ।
मेलाले स्थानीय उत्पादनहरुको प्रचार प्रसार प्रवद्र्धनमा निकै सहयोग पु¥याउने छ । मेलामार्फत स्थानीय स्तरमा भएका स्रोत साधन र सम्भावनालाई केन्द्रमा ल्याउन र केन्द्रमा भएका स्रोत, साधन र सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।
यस्तै यस संघले पनि स्थानिय उत्पादनलाई प्रबद्र्धन तथा बजार विस्तार गर्नका लागि समय समयमा यस्तै मेलाहरुको आयोजना गर्दै आएका छौं । यस अन्तर्राष्ट्रिय ललित व्यापार मेला २०७४ ले पनि स्थानिय उत्पादनले अन्तर्राष्ट्रिय बजार पाउनेमा आयोजक विश्वास्त छौ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस