रास्वपाका उपसभापति डीपी अर्यालले आगामी चुनावपछि संसद्लाई प्रतिपक्षविहीन बनाउने लक्ष्यसहित काम गर्न निर्देशन दिएका छन्। नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले अघिल्लो निर्वाचनमा केवल २१ जना सांसद मात्र भएकाले अपेक्षाअनुसार काम गर्न नसकिएको बताए।
तत्कालीन सरकारले जनताको हितमा प्रभावकारी रूपमा काम गर्न नसकेको कुरा स्पष्ट भइसकेको पनि उनले उल्लेख गरे। साथै, रास्वपाका नेता–कार्यकर्ताले आफ्नो लगनशीलता र क्षमता राष्ट्र, राष्ट्रियता र नेपाली जनताको सेवामा समर्पित गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘हाम्रा छोराछोरी देशमा सुशासन भएन, डेलिभरी भएन, भ्रष्टाचार भयो, हामीहरूलाई बस्न लायक देश बनाइदिनुपर्यो भनेर स्कुलका झोला बोकेर सडकमा निस्किए। हामीहरूको सं ख्याले पुगेको थियो भने त्यो अवस्था आउँदैनथ्यो। यस पटकको निर्वाचनमा हामीले १८२ सीटमा जित हासिल गर्यौँ। तर यो देशले जित्न बाँकी छ जनताले जित्न बाँकी छ। त्यसकारणले पनि आजको यो कार्यक्रम महत्त्वपूर्ण छ। हामीले देशले जित्नेगरी डेलिभरीमा र डेभलपमेन्टमा काम गर्नुपर्नेछ। आन्तरिक द्वन्द्व, आन्तरिक खिचातानी, आन्तरिक लडाइँ, खुट्टा तान्ने प्रवृत्तिबाट हामी धेरै टाढा जानुपर्नेछ। यो देशलाई नयाँ सन्देश दिनुपर्नेछ। जनतालाई नयाँ सन्देश दिनुपर्नेछ। न कि अर्को निर्वाचनसम्म पुग्दै गर्दा नेपाली जनताले प्रतिपक्ष नै नहुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने अवस्था सिर्जना होस्। त्यो काम भाषण गरेर र सधैँ सभापति रवि लामिछाने र बालेन्द्र शाहलाई दौडाएर सम्भव छैन।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस