Like us!
Follow us!
Connect us!
Watch us!

सभामुख अर्यालले भने - सदनमा आउने नआउनेबारे प्रधानमन्त्रीसँग संवाद गर्छु

अर्थ संसार

बुधबार, ३० बैशाख २०८३, १५ : २७ मा प्रकाशित

सभामुख अर्यालले भने - सदनमा आउने नआउनेबारे प्रधानमन्त्रीसँग संवाद गर्छु

सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकमा विपक्षीको मागअनुसार प्रधानमन्त्री बालेन शाह जवाफ दिन उपस्थित हुने–नहुने विषयमा आज छलफल गरिने बताएका छन्। बुधबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल तय भएको जानकारी दिएका हुन्।

सभामुख अर्यालले सदनलाई जानकारी गराउँदै भने, ‘आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्न कुरा छ । त्यसकारण आज हामीले यसको प्रतिउत्तर, जवाफ हामीले भ्याउँदैनौँ । आज छलफल अघि बढाउँ । जवाफ दिनेक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू आउन सक्नुहुन्छ कि सक्नुहुन्न उहाँको अवस्था के छ भन्ने विषयमा मैले अहिले निर्णय त दिन सक्दिनँ ।’

उनले भोलिको बैठकको विषयमा प्रधानमन्त्रीसँग संवाद गरेर कार्यव्यवस्था समितिको बैठकमा छलफल गर्ने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको