Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ - सभामुख अर्याल

अर्थ संसार

बुधबार, ०२ बैशाख २०८३, १० : ५६ मा प्रकाशित

नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ - सभामुख अर्याल

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख अर्यालले नेपाललाई ‘बजेट गन्तव्य’ को ट्यागबाट मुक्त गरी ‘प्रिमियम आरोग्य गन्तव्य’ को रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

उनकाअनुसार केवल पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव छैन । बरु पर्यटकले पाउने अनुभवको गहिराइ र त्यसबाट हुने आम्दानीको गुणस्तर महत्वपूर्ण हुन्छ । सभामुख अर्यालले स्पष्ट आरोग्य पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्छन् र लामो समय बस्ने बताए । उनीहरू विलासिता मात्र नभई, आत्मिक शान्ति र जीवनको अर्थ खोज्न यात्रा गर्ने बताए । यसका लागि नेपालका हिमालय, पवित्र नदीहरू र प्राचीन योग परम्पराहरू विश्वकै लागि अद्वितीय ‘प्रोडक्ट’ हुनसक्ने उनको भनाइ छ ।

सभामुख अर्यालले विश्वभर आरोग्य पर्यटन तीव्र रूपमा विस्तार भइरहेको र यो खर्बौँ डलरको अर्थतन्त्रमा रूपान्तरण भइसकेको सन्दर्भमा नेपालसँग अपार सम्भावना रहेको औँल्याए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको