Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लघुवित्तले साधारणसभा चैत २५ गते, मर्जर प्रस्ताव पारित गर्ने

अर्थ संसार

बुधबार, ०४ चैत्र २०८२, १० : ३४ मा प्रकाशित

एनएमबि लघुवित्तले साधारणसभा चैत २५ गते, मर्जर प्रस्ताव पारित गर्ने

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । लघुवित्तको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले चैत २५ गते बुधबार पोखरा–८, न्यूरोडस्थित होटल सिटि स्क्वायर प्रा.लि मा बिहान १० बजे १३ औँ वार्षिक साधारणसभा बोलाएको हो । 

उक्त साधारणसभाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अघि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने÷गाभिने वा प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रधान गर्नेछ ।

त्यसैगरी वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्यियारी प्रदान गर्नेछ । साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ ।

१३ औँ वार्षिक साधारणसभा प्रयाजनार्थ लघुवित्तले चैत १७ गते एक दिनका लागि कम्पनीको सेयर दाखिल खारेजीको काम बन्द (बूक क्लोज) रहनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको