खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आएको प्रहरीको भनाइ छ । बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना हेलीकप्टर दुर्घटना भएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस