नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ‘फिक्स्ड डिपोजिट’मा केन्द्रित लगानीबाट बाहिर निस्कनु पर्ने बताएका छन् । नागरिक लगानी कोषको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले हालको न्यून ब्याजदरले लगानी विविधीकरणको आवश्यकता बढाएको बताएका हुन् ।
उनले भने, ‘अहिले ‘फिक्स्ड डिपोजिट’को रेट २.७५ प्रतिशतसम्म झरेको छ, जुन एकदमै न्यूनतम विन्दु हो । यस्तो अवस्थामा हाइब्रिड इन्स्ट्रुमेन्टहरूमा अलिकति लगानी विस्तार गरियो भने कन्सेन्ट्रेशन कम हुन्छ र दीर्घकालमा आम्दानीको सर्टेनिटी पनि कायम रहन्छ ।’ नयाँ वित्तीय उपकरणहरूले क्यापिटल मार्केटको विकासमा समेत टेवा पु¥याउने उनले बताए ।
अध्यक्ष कोइरालाले भने, ‘डिपोजिट प्रोडक्टमै मात्र निर्भर हुँदा बजारले ड्राइभ गर्छ । कहिले १२ प्रतिशतसम्म पुग्छ, कहिले २.७५ मा झर्छ । त्यसैले वैकल्पिक इन्स्ट्रुमेन्टले स्थायित्व दिन्छ ।’ अध्यक्ष कोइरालाका अनुसार विभिन्न खालका मार्केटहरूमा अहिले ‘हाइब्रिड इन्स्ट्रुमेन्ट’हरू आइरहेका छन् । त्यसमा लगानीलाई विस्तार गरियो भने त्यो कन्सेन्ट्रेशन कम भएर जान्छ ।
बैंकिङ क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै उनले देशभर करिब ७७ खर्ब रुपैयाँ निक्षेप संकलन भएको र ५८ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको बताए । हाल कर्जा वृद्धिदर करिब ३.९ प्रतिशतमा सीमित रहेको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस