Like us!
Follow us!
Connect us!
Watch us!

होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको नयाँ ४८ घण्टे अल्टिमेटम

अर्थ संसार

आइतबार, ०८ चैत्र २०८२, ११ : १५ मा प्रकाशित

होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको नयाँ ४८ घण्टे अल्टिमेटम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका छन् । ट्रम्पले यो समयावधिभित्र होर्मुज स्ट्रेट नखोलिए अमेरिकाले इरानी ऊर्जा केन्द्रहरू (पावर प्लान्टहरू) नष्ट गर्ने चेतावनी दिएका छन् ।

सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को ढुवानी यसै जलसन्धि हुँदै जान्छ । जसले यसलाई विश्वव्यापी ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण बनाउँछ । ट्रम्पले २१ मार्चको २३ः४४ जीएमटीमा आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा पोस्ट गरेका थिए, जसको अर्थ अमेरिकी राष्ट्रपतिको माग पूरा गर्न इरानसँग २३ मार्चको २३ः४४ जीएमटी (मार्च २४ मा तेहरानको समयअनुसार बिहान ०३ः१४) सम्मको समय छ ।

उनले पोस्ट गरेका छन्, ‘यदि इरानले ठीक यसै समयदेखि ४८ घण्टाभित्र होर्मुज स्ट्रेटलाई पूर्ण रूपमा र विना कुनै धम्की खोलेन भने संयुक्त राज्य अमेरिकाले उनीहरूका विभिन्न ऊर्जा केन्द्रहरूमा प्रहार गरेर नष्ट गर्नेछ, जसको सुरुवात सबैभन्दा ठूलोबाट हुनेछ !’

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, यदि आफूमाथि आक्रमण भएमा खाडी क्षेत्रभरि रहेका अमेरिकासँग जोडिएका ऊर्जा केन्द्रहरूलाई निशाना बनाउने तेहरानले बताएको छ । इरानले जलमार्गमा लगाएको नाकाबन्दी र जहाजहरूमाथि गरेको आक्रमणका कारण हालैका हप्ताहरूमा तेलको मूल्य ह्वात्तै बढेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको