Like us!
Follow us!
Connect us!
Watch us!

निष्कृय कर्जाको चापमा बैंक तथा वित्तीय संस्था - ५ प्रतिशत नाघ्यो औसत निष्क्रिय कर्जा

अर्थ संसार

सोमबार, ०९ चैत्र २०८२, ११ : ०० मा प्रकाशित

निष्कृय कर्जाको चापमा बैंक तथा वित्तीय संस्था - ५ प्रतिशत नाघ्यो औसत निष्क्रिय कर्जा

बैंक तथा वित्तीय क्षेत्रको निष्कृय कर्जाको बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय क्षेत्रको निष्कृय कर्जा ५ प्रतिशत माथि पुगेको हो । 

वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुको गरि बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा ५.४२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंकिङ क्षेत्रबो निष्कृय कर्जा ४.९२ प्रतिशत रहेको थियो ।  चालु आर्थिक वर्षका माघ मसान्तसम्मा बैंक तथा वित्त संस्थाहरुले ७७ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ कुल निक्षेप संकलन गरेका छन् । जसबाट कुल ५७ खर्ब ८५ अर्ब ८६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह हुँदा औसतमा ५.४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको राष्ट्र बैंकले जनाएको छ ।

यो कर्जा गत आवको सोही अवधिको तुलनामा ०.५० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ६७ खर्ब ३१ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब ३३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ४.९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । चालू आवको पछिल्लो ७ महिनाको अवधिमा वाणिज्य बैंकहरूले मात्र कुल ६९ खर्ब ६३ अर्ब ४ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ४५ अर्ब २१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ४.२६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ०.७३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ६० खर्ब १ अर्ब ६१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब १८ अर्ब ४४ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा चार दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । 

विकास बैंकहरूले भने चालू आवको माघ मसान्तसम्ममा ६ खर्ब २७ अर्ब ७७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब ३६ अर्ब १० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ५.७८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ०.६७ प्रतिशले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले ६ खर्ब ३ अर्ब ५१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ५.११ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको माघ मसान्तसम्ममा फाइनान्स कम्पनीहरूले भने कुल १ खर्ब ३७ अर्ब १७ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ११.८६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ०.९९ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल १ खर्ब २६ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब ५५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा १२.८५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको