Like us!
Follow us!
Connect us!
Watch us!

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

अर्थ संसार

सोमबार, ०९ चैत्र २०८२, १० : ४७ मा प्रकाशित

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

नाडा अटो मोबाइल्स एसोसियसन अफ नेपालमा २९ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोश्रो केन्द्रीय कार्य समितिले २९ सदस्यीय केन्दीय कार्य समितिको गठनलाई पूर्णता प्रदान गरेको हो । 

नाडाको केन्द्रीय कार्य समितिका पदाधिकारीहरुमा अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी, संस्थागत उपाध्यक्ष गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया, उपाध्यक्ष अभिक ज्योति रहेका छन् । त्यस्तै महासचिवमा मिलनबाबु मल्ल, सचिव मेघराज पौड्याल, कोषाध्यक्ष पंंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक छन्। 

संस्थागत सदस्यहरु मध्येबाट प्रदेश सदस्यहरुमा डिल्लीराम आचार्य,केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला, पुष्कर ओझा छन् ।  साधारण सदस्यहरु मध्येबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र,दिवाकर मिश्र,नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी, विमल साह छन् । 

अध्यक्षबाट मनोनित सदस्यहरुमा दिपककुमार अग्रवाल, महेश पाल र  राजेशप्रसाद गिरी छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको