Like us!
Follow us!
Connect us!
Watch us!

इन्टरनेसनल एकेडेमी फर फाइनान्सियल स्टडिजले निःशुल्क सेयर बजार कक्षा आयोजना गर्ने,सुमेरु सेक्युरिटिजको सहकार्य

अर्थ संसार

विहीबार, १२ चैत्र २०८२, ०७ : ३१ मा प्रकाशित

इन्टरनेसनल एकेडेमी फर फाइनान्सियल स्टडिजले निःशुल्क सेयर बजार कक्षा आयोजना गर्ने,सुमेरु सेक्युरिटिजको सहकार्य

इन्टरनेसनल एकेडेमी फर फाइनान्सियल स्टडिजले सेयर बजारप्रति चासो राख्ने व्यक्तिहरूका लागि निःशुल्क प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कक्षा चैत १३ गते शुक्रबार सञ्चालन हुनेछ।

सुमेरु सेक्युरिटिज प्रा. लि.को सहकार्यमा आयोजना हुने यस कार्यक्रममा सहभागीहरूले सेयर बजारका विभिन्न पक्षबारे व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्राप्त गर्ने अवसर पाउनेछन्।

प्रशिक्षणमा टेक्निकल एनालाइसिस, आईपीओमा लगानी गर्ने तरिका तथा सेयर ट्रेडिङ सम्बन्धी विषयहरू समेटिने जनाइएको छ। अनुभवी प्रशिक्षकबाट प्रत्यक्ष सिक्ने अवसर हुने भएकाले नयाँ तथा अनुभवी दुवै प्रकारका लगानीकर्ताका लागि कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।

कार्यक्रम ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज प्रा. लि.को कार्यालयमा दिउँसो २ बजेपछि सञ्चालन हुनेछ। सिट संख्या सीमित भएकाले इच्छुक सहभागीहरूलाई छिट्टै दर्ता गर्न आग्रह गरिएको छ।

यसैबीच, गहिरो अध्ययन गर्न चाहनेहरूका लागि तीन हप्ते विशेष कोर्स पनि उपलब्ध गराइएको छ। उक्त कोर्समा विशेष छुटसहित ९,९९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

वित्तीय साक्षरता अभिवृद्धि र सचेत लगानी संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूलाई सेयर बजारबारे स्पष्ट र व्यवहारिक ज्ञान प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

69c4925e2ef8a.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको