Like us!
Follow us!
Connect us!
Watch us!

आज राम नवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०८२, ०७ : १९ मा प्रकाशित

आज राम नवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

हिन्दु धर्मावलम्बीहरूको आस्था र श्रद्धाको पर्व रामनवमी आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। मर्यादा, धर्म, सत्य र आदर्शका प्रतीक मानिने भगवान् श्रीरामको जन्मोत्सवका अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

धार्मिक मान्यताअनुसार भगवान् विष्णुले त्रेतायुगमा धर्मको रक्षा, अधर्मको अन्त्य र लंकाका अधर्मी राजा रावणको वध गर्न श्रीरामका रूपमा अवतार लिएका थिए। रामायणमा वर्णित श्रीरामको जीवनलाई सत्य, त्याग, कर्तव्य, मर्यादा र न्यायको अनुपम उदाहरणका रूपमा हेरिन्छ।

आजकै दिन अयोध्याका राजा दशरथ र रानी कौशल्याको पुत्रका रूपमा श्रीरामको जन्म भएको विश्वास गरिन्छ। आज देशभरका राम मन्दिर, हनुमान मन्दिर र विभिन्न धार्मिक स्थलहरूमा विशेष पूजाआजा, रामायण पाठ, भजन–कीर्तन तथा धार्मिक अनुष्ठान आयोजना गरेर मनाइन्छ।

धार्मिक ग्रन्थहरूमा श्रीरामलाई मर्यादा पुरुषोत्तमका रूपमा वर्णन गरिएको छ। धर्म शास्त्रहरूमा रावणमाथिको विजयलाई युद्धको जीतको रूपमा मात्र नभई अहंकार, अन्याय र अधर्ममाथि सत्य, संयम र धर्मको विजयको रूपमा व्याख्या गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको