युनिभर्सल पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।
हकप्रद सेयर जारी गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको गत पुस ३० गते सम्पन्न भएको वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजी २ करोड ४८ लाख ५१ हजार २३६.१८२ को १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
सोही बमोजिम हकप्रद सेयर निष्काशन गर्ने कार्यलाई अघि बढाउन र कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको लागि युनिभर्सल पावर कम्पनी र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस