Like us!
Follow us!
Connect us!
Watch us!

इजरायलमा यमनको हुथी विद्रोही समूहको आक्रमण

अर्थ संसार

आइतबार, १५ चैत्र २०८२, ०८ : ५९ मा प्रकाशित

इजरायलमा यमनको हुथी विद्रोही समूहको आक्रमण

यमनको हुथी विद्रोही समूहले २९ मार्चमा इजरायलको दक्षिणी क्षेत्रमा दोस्रो चरणको शक्तिशाली आक्रमण गरेको दाबी गरेको छ । यो घटनाले पश्चिम एसियाको युद्धलाई अझै जटिल र भयानक मोडमा पु¥याएको छ । हुथी सैन्य प्रवक्ता याह्या सरीका अनुसार, यो दोस्रो सैन्य अपरेसन भएको, जसमा क्रुज मिसाइल र ड्रोनहरूको प्रयोग गरिएको छ । एक दिनअघि इरान युद्ध सुरु भएयता पहिलो मिसाइल प्रहार गरेको बताएको थियो ।

इजरायलका महत्त्वपूर्ण सैन्य स्थलहरूलाई निसाना बनाइएको दाबी गरिएको छ । यो आक्रमण इरान र लेबनानको हिजबुल्लाहसँगको समन्वयमा गरिएको उनीहरूले बताएका छन् । हथीहरूले इजरायल र अमेरिकाको आक्रमण नरोकिउन्जेल आगामी दिनहरूमा पनि यस्ता प्रहारहरू जारी रहने चेतावनी दिएका छन् ।

यसैबीच यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथीहरूको यो कदमको घोर भत्र्सना गरेको छ । सरकारले इरानले आफ्ना आतंककारी लडाकुहरूमार्फत यमनलाई जबरजस्ती क्षेत्रीय युद्धमा धकेल्न खोजेको आरोप लगाएको छ । यस्ता सैन्य गतिविधिले यमनको राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षालाई जोखिममा पारेको र यसले खाद्यान्न तथा इन्धनको मूल्य अझै बढाउने चेतावनी सरकारले दिएको छ ।

यदि हुथीहरूले रेड सी (लाल सागर)को दक्षिणी प्रवेशद्वार बाब अल–मन्देव जलमार्ग मा व्यावसायिक जहाजहरूलाई निसाना बनाउन थाले भने यसले विश्व अर्थतन्त्रमा गम्भीर धक्का पुग्ने बताइएको छ । यो जलमार्ग स्वेज नहर हुँदै युरोप र एसिया जोड्ने मुख्य कडी हो । यहाँ अवरोध हुनु भनेको विश्वव्यापी आपूर्ति शृंखला ठप्प हुनु हो । यसअघि नै ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध भएका कारण तेल र ग्यासको मूल्य बढिरहेको बेला यो नयाँ मोर्चाले ढुवानी खर्च र बिमा शुल्कमा भारी वृद्धि गराउने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको