श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले कार्की आयोगको प्रतिवेदन कुनै विभेद नगरी कार्यान्वयन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले डिस्कर्ड जस्ता माध्यम प्रयोग गरेर जेन–जीलाई स्कुल ड्रेसमै आन्दोलनमा उतार्ने, हिंसात्मक गतिविधि गर्ने र सम्पदा ध्वस्त पार्ने योजना बनाउनेहरूमाथि कारबाही गर्न माग गरेका छन्।
यस्ता गतिविधिमा संलग्न सबैलाई पक्राउ गर्न उनले बालेन शाह नेतृत्वको सरकारसँग आग्रह गरेका छन्।
उनले स्टाटसमा लेखेका छन्,‘सत्य कुरा गर्दा जति गाली खान परे नि खान तयार छु । म झूटो समाजलाई सत्यवादी समाज बनाएर सतीको श्राप मुक्त गर्नुछ । जेन्जीलाई मात्रै होइन यो देशलाई र यो देशको जलेको सिंहदरबारका भित्ताहरुलाई पनि न्याय मिल्नु पर्छ ! विभेद हुनु हुँदैन !’
हर्कको अर्को माग छ, ‘प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ । सांसदहरूको पनि गर्नुपर्छ । देशको स्वास्थ्यको लागि यो अनिवार्य छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस