Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षा क्षेत्रमा कडाइ: ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा रोक्न मन्त्रालयको स्पष्ट आदेश

अर्थ संसार

आइतबार, १५ चैत्र २०८२, १९ : ५३ मा प्रकाशित

शिक्षा क्षेत्रमा कडाइ: ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा रोक्न मन्त्रालयको स्पष्ट आदेश

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सका नाममा सञ्चालन हुँदै आएका कार्यक्रमहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ। विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन गरिँदै आएका यस्ता गतिविधिहरूलाई रोक्न मन्त्रालयले सम्बन्धित निकायलाई परिपत्र गरेको हो।

मन्त्रालयका अनुसार, पछिल्ला वर्षहरूमा विभिन्न संस्थाहरूले ‘ब्रिज कोर्स’ वा ‘इन्ट्रान्स तयारी’ का नाममा विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्दै आएका थिए। यस्ता कक्षाले विद्यार्थीको अध्ययन प्रणाली र मानसिक अवस्थामै असर पार्ने मात्र नभई शिक्षामा समान अवसर सुनिश्चित गर्ने प्रयासमा बाधा पुर्‍याउने ठहर मन्त्रालयले गरेको छ।

यसका साथै, यस्ता कार्यक्रमले अभिभावक तथा विद्यार्थीमाथि अनावश्यक आर्थिक भार थप्ने भन्दै मन्त्रालयले त्यसतर्फ पनि ध्यानाकर्षण गराएको छ। औपचारिक शैक्षिक प्रक्रियाभन्दा बाहिर गएर सञ्चालन हुने यस्ता कक्षाले शिक्षा प्रणालीलाई व्यापारमुखी बनाउने जोखिम रहेको मन्त्रालयको निष्कर्ष छ।

69c93321e30ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको