ललितपुर जिल्ला अदालतले अब खाजा समयमा पनि सेवा प्रवाह निरन्तर राख्ने व्यवस्था गरेको जनाएको छ। अदालतको प्रशासन शाखाले जारी गरेको सूचनाअनुसार यसअघि कर्मचारीहरूको खाजा समय आइतबारदेखि बिहीबारसम्म बिहान १:३० देखि दिउँसो २:३० बजेसम्म र शुक्रबार बिहान १:०० देखि २:०० बजेसम्म तय गरिएको थियो।
तर सो समयमा सेवा अवरुद्ध हुने गुनासो बढेपछि अब खाजा समयमै पनि कुनै रोकावट नगरी सेवा सञ्चालन गर्ने निर्णय गरिएको अदालतले जनाएको छ। अदालतका अनुसार यो नयाँ व्यवस्था पुस १७ गतेदेखि लागू भइसकेको छ।
सेवाग्राहीलाई सहज र निरन्तर सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको स्पष्ट पारिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस